![सैनामैनामा समुदायमा कांग्रेस अभियान : जनप्रतिनिधि जवाफदेही नभएको गुनासो](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/sainamaina-congress.jpg)
सर्लाही । जिल्लास्तरीय टी-२० शहीद कप क्रिकेट टुर्नामेन्टको उपाधि मलंगवा नगरपालिकाले जितेको छ । सदरमुकाम मलंगवा-१०, स्थित तीनबिघे मैदानमा भएको फाइनल खेलमा गोडैता नगरपालिकालाई पाँच रनले हराउँदै मलंगवाले उपाधि जितेको हो ।
१३१ रनको लक्ष्य पछ्याएको गोडैता नगरपालिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२५ रनमात्र बनाउन सक्यो । टस जितेर पहिलो ब्याटिङ गरेको मलंगवाले १९ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो । मलंगवाका अली हसन प्लेयर अफ दी म्याच घोषित हुनुभयो । विजेता मलंगवाले एक लाख र ट्रफी र उपविजेता गोडैताले ५० हजार पाएको छ । विजेता र उपविजेता टोलीलाई मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले पुरस्कृत गर्नुभयो ।
प्रतियोगितामा बसबरिया गाउँपालिकाका रामप्रित महतो ब्याटर, बलरा नगरपालिकाका नवलकिशोर राम उत्कृष्ट बलर, उत्कृष्ट रक्षक विष्णु गाउँपालिकाका खेलाडी मो साहरूख र प्लेयर अफ दी सिरिज गोडैता नगरपालिकाका प्रेमशंकर हुनुभयो । गत पुस २० गतेदेखि सुरु भएको प्रतियोगितामा सर्लाहीका १४ पालिकाका टिम सहभागी भएको आयोजक समितिका अध्यक्ष गणेशकुमार यादवले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच