नामिबिया । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । उहाँ क्यन्सर पीडित हुनुहुन्थ्यो । ‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछु–प्यारा डा.हागे जी.गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपतिको आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’, राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नामिबियाले जनताको एकजना प्रतिष्ठित सेवक, मुक्ति संघर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ ।’
शनिबारमात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराउनुभएको थियो । उहाँ ८२ वर्षको हुनुहुन्थ्यो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच