हिमपातपछि चाँदी जस्तै टल्किएको हुम्लाको मनाेरम दृश्य (तस्वीर)

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लामा यो हिउँदमा चौथो पटक हिमपात भएको छ । हिजो विहानसहित यहाँ चौथो पटक हिमपात भएको हो ।
सदरमुकाम सिमकोटसहित उत्तरी हिमालमा हिमापत भएको थियो ।

हिमपात भएपछि यहाँ सिमकोट बजारसहित आसपासका हिमालमा चाँदी जस्तै टल्किएको मनमोहक दृश्य देख्न सकिन्छ ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गार लगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भएको थियो ।

लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको छ । यो पटक लगातार भएको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग भएको स्थानीय कमल भण्डारीले बताउनुभयो ।

हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौपछि आएको हिउँले भने खुसी ल्याएको छ । यो पटक परेको हिउँले ठुलो राहत किसानलाई मिल्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?