प्रेस चौतारी जुम्लाद्वारा कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । प्रेस चौतारी नेपालको २६ ओैँ स्थापना दिवसको अबसरमा प्रेस चौतारी जुम्ला शाखाद्वारा कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि राहत होस भन्ने उदेश्यले पुस्तक हस्तान्तरण गरिएको प्रेस चौतारी जुम्लाका अध्यक्ष मानदत्त रावलले जानकारी दिनुभयो ।

विभिन्न लेखकद्दारा लेखिएका पुस्तकले विभिन्न मुद्दामा सजाय भोगीरहेका कैदीन्दीलाई उत्प्रेरणा मिल्ने र कैद जीवनपछि समाजमा पुर्नस्थापित हुन समेत उर्जा मिल्ने अपेक्षा सहित पुस्तक हस्तान्तरण गरिएको प्रेस चौतारी जुम्लाका अध्यक्ष रावलले भन्नुभयो ,'दिवसका अबसरमा विभिन्न लेखकद्दारा लेखिएका ३९ प्ररकारका ६६ थान पुस्तक हस्तान्तरण गरिएको छ । पुस्तकले पठन सिपको विकास र ज्ञान आर्जन हुने अपेक्षा गरिएको छ ।'

स्थापना दिवसका अबसरमा देशभर विभिन्न कार्यक्रम भईरहेका छन् । एकातिर विभिन्न लेखकद्दारा लेखिएका पुस्तकबाट ज्ञान प्राप्त हुने र अर्कोतिर सरकारको ‘कारागारमा पुस्तक अभियान’मा पनि सघाउ पुग्ने हाम्रो अपेक्षा राखिएको अध्यक्ष रावलले भनाइ छ। समाज, साहित्य, देशको राजनीतिक परिवेश, उधमशीलता, सकरात्मक सोचको विकास हुने खालका किताबहरु संकलित गरी हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले स्थापना दिवसको शुभकामना दिदैँ प्रेस चौतारी जुम्लाले पुस्तक हस्तान्तर मात्र नभई ज्ञान बाड्ने कार्यक्रम गरेकोमा प्रशंसा गर्नुभयाे । अन्य संगठनहरुले यस्तै रचनात्मक काम गर्नु पर्नेमा उहाँकाे जोड थियाे ।

कारागारमा १०६ पुरुष र ४ जना महिला गरि कुल ११० जना कैदीबन्दी रहेका छन् ।महासंघका पुर्व केन्द्रीय सदस्य पुर्ण प्रसाद चौलागाइ, प्रेस सेन्टरका अध्यक्ष विजय रावत, प्रेस यूनियनका अध्यक्ष प्रकाश उपाध्याय पत्रकार महेश नेपालीलगायतका पत्रकारहरुको कैदीबन्दीलाई पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको प्रेस चौतारी जुम्लाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?