प्रेस चौतारी हुम्लाद्धारा तामाङ पुरस्कृत, लामा सम्मानित

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा हुम्लाका पत्रकार नरजन तामाङ पुरस्कृत भएका छन् भने अर्का पत्रकार छपाल लामा सम्मानित हुनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिती हुम्लाले आफ्नो २६ औँ स्थापनाको अवसरमा सोमबार आयोजना गरेको पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका तामाङलाई पुरस्कृत र लामालाई सम्मानित गरेको सचिव दाने बोहराले बताउनुभयो ।

प्रेस चौतारी नेपाल हुम्लाले तामाङलाई ऊर्जावान, क्रियाशील पत्रकारका रूपमा पुरस्कृत गरेको हो । उहाँ नयाँपत्रिकामा कार्यरत हुनुहुन्छ । लामो समयदेखि रेडियो कैलाश हुम्लामा आवद्ध पत्रकारिता जगतमा क्रियाशील आउनु भएकी लामालाई दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मानित गरेको चौतारीका जिल्ला बोहराले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा सदरमुकाम सिमकोटमा सोमबार आयोजना गरिएको कार्यक्रममा तामाङलाई पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको प्रेस चौतारी हुम्लाका अध्यक्ष नन्द सिंहले जानकारी बताउनुभयो । दुर्गमका विकटताका चुनौतीसँग लड्दै लामो समयदेखि पत्रकारिता गरेकाले उक्त कार्यको सम्मान गर्दै नयाँ पत्रिकाकर्मी तामाङलाई नगदसहित सम्मान गरिएको अध्यक्ष सिंहले बताउनुभयो । कार्यक्रममा पत्रकार तामाङ अनुपस्थित रहेकाले छोरी अस्मिताले पुरस्कार ग्रहण गर्नु भएको थियो ।

मानसरोवर होटलमा भएको कार्यक्रमका अध्यक्ष प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहको रहेको थियो, भने नेकपा एमाले हुम्लाका कार्यवाहक अध्यक्ष गोकुल बुढाको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष नन्द रावतको विशेष आथित्यमा सम्पन्न भएको सचिव बोहराले बताउनुभयो ।

यस्तै स्थापना दिवस कार्यक्रममा सहयाज प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।

चौतारीले प्रत्यक वर्ष हुने आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाग्री सहयोग तथा पुरस्कार प्रदान तथा सम्मान कार्यक्रम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?