गृहमन्त्रीसँग रुष्ट काँग्रेसले भन्यो : नौटंकी बढी भयो, सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कँग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

सोमवारबाट शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उहाँले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताउनु भयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुले उहाँले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताउनु भयो । सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भएपनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले सरकार नौटंकी गर्ने ठाउँ नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्टन्टबाजी गर्ने बेला नभएको बताउनु भयो । यो स्टन्ट गर्ने बेला होइन । हामी स्टन्ट गरिरहेका छौँ । नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छाँै । केही नयाँ राजनीतिक पार्टीहरु आएका छन्, जन्मेका छन् । तिनले गरेका कुराहरु । सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो । नाटक गर्ने होइन । नौटंकी गर्ने होइन । नौटंकी बढी भयो जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ । आजकाल गृहमन्त्रीज्युको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो । गृहमन्त्रीज्युको यही रोष्टमबाट प्रशंसा गरेको थिएँ । तर काम भन्दा आजकाल चर्चा, परिर्चा बटुल्न लागेको हो की जस्तो लागेको छ । यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा । यसले केही हुँदैन । हामीले इतिहास लेख्ने हो । इतिहास बनाउने हो । इतिहास हामीले नबनाए कसले बनाउँछ ?’

नेता रायमाझीले सरकारले ४ बजे बैठक बोलाएकोप्रति असन्तुष्टि जनाउनु भयो । उहाँले १२ बजे नै बैठक बोलाएर छलफल गरेको भए हुने भन्दै सरकारले कर्मकाण्डी रुपमा संसद चलाउन नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?