काठमाडौं । स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न कलाकर्मीले आफू नजिकका राजनीतिक दललाई सघाउने उद्देश्यले गीतसंगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् ।
यस्तैमा चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले ‘कांग्रेसलाई भोट किन ?’ हास्य व्याङ्ग्य ल्याउनुभएको छ । उहाँले सार्वजनिक गरेको ‘कांग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्यमा रूखमा भोट हाल्न आग्रहदेखि कांग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चासमेत गरिएको छ ।
२७ मिनेट २३ सेकेण्डको हास्य ब्याङ्ग्य नेपाली कांग्रेस निकट नेपाल सांस्कृति संघको युट्युबमार्फत सार्वजनिक गरिएको छ । नेपाल सांस्कृति संघका महामन्त्रीसमेत रहनुभएका रिजालले ‘कांग्रेसमा भोट किन ? नेपाली कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले बनाएको बताउनुभयो ।
रिजाल पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी शो ‘जोगिन्दर मुखियाजी’मार्फत चर्चामा हुनुहुन्छ । उहाँले यसअगाडि लोकप्रिय कमेडी शो ‘जोगिन्दर’समेत चलाउनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच