एमाले अध्यक्ष ओलीद्वारा ‘झापा इनर्जी’को उद्घाटन

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशकै सबैभन्दा ठूलो सौर्य उर्जा परियोजना 'झापा इनर्जी'को उद्घाटन गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज एक विशेष कार्यक्रमसहित झापाको शिवसताक्षी नगरपालिका ४ बोलोचोकमा रहेको झापा इनर्जी परियोजनाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा केन्द्रदेखि स्थानीय नेताहरुसहित हजाराैँ सर्वसाधारण उपस्थित थिए । कार्यक्रममा पूर्वमा निक्कै लोकप्रिय मानिएको पुरानो नृत्य संगिनी पनि समूहगत रुपमा प्रस्तुत गरिँदा कार्यक्रम निक्कै आकर्षक भएको थियो ।

यो सौर्य उर्जा परियोजनाबाट १० मेघावाट क्षमताको बिजुली उत्पादन गरिएको छ ।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र ४ बाट सांसद एलपी साँवाको अगुवाईमा शुरु भएको परियोजनाको कुल लागत ८५ करोड रुपैंयाँ रहेको छ ।

परियोजना निर्माण शुरु भएको दुई वर्षमा नै सम्पन्न भएको हो । परियोजना नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताउनु भएको छ । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण शुरु गरिएको थियो । उक्त परियोजना बैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ। आयोजना स्थलबाट बोलोचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ।

परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुनेछ। परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?