उपेन्द्रलाई ओलीको प्रस्ताव- सरकारमा सहभागी हुनुस्, मिलेर अगाडि बढ्औँ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गर्नुभएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । यादव शनिबार साँझ ओलीलाई भेट्न बालकोटमा पुग्नुभएको थियो ।

ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्ष ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको हो ।

जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?