सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार पेसी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गणतन्त्रविरुद्ध आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराउनु भएको छ ।

प्रसाईंको तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

भण्डारीले प्रसाईँ आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

प्रसाईं भक्तपुरस्थित आफ्नै घरमा बन्दी हुनुभएको छ।

यो रिटमाथि आइतबार सुनुवाई हुने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

प्रसाईंको समूहले बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । आज तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने बताइए पनि प्रहरीले प्रसाईंलाई घरबाट बाहिर निस्किन नदिएको प्रसाईंको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?