
काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपेश लम्साल नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लम्साललाई आगामी चार वर्षका लागि बैंकको सिइओ नियुक्त गरेको हो ।
तत्कालीन सिइओ बोधराज देवकोटाको राजीनामापछि लम्सालले बैंकमा कामु सिइओको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि लागू हुने गरी कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
लम्सालसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा बढी अनुभव छ । नबिल बैंकमा आठ वर्ष र कुमारी बैंकमा चार वर्ष काम गर्नुभएका लम्साल महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि कार्यरत रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच