नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेका छन्।

गएराती सम्पन्न सेमिफाइनल खेलमा आइभरी कोष्टले डिआर कंगोलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

त्यस्तै अर्को सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

अब फाइनलमा नाइजेरिया र आइभरी कोष्ट आगामी सोमबार खेल्ने छन्। त्यस्तै सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिका र डिआर कंगो तेस्रो स्थानको लागि खेल्ने छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?