सरकार इन्द्रजात्रा मनाएर मस्त सुतिरहेको छ : काँग्रेस सांसद गिरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

बिहीवार संघीय संसद भवनको परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार भर्खर इन्द्रजात्रा मानेर जयप्रकाश सुते सुतेको टिप्पणी गर्नुभयो । उहाँले नेपाल अहिले वृद्धहरुको मात्रै देश भएको बताउनु भयो । उहाँले सरकारले जनताका कामहरु सशक्त रुपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार त भर्खर इन्द्रजात्रा मानेर उही जयप्रकाश सुतेका थिए नि त्यसैगरी सरकार सुतेको छ । सकरार भयो भन्दैमा हामीले सबैकुरा मान्नुपर्ने भन्ने छ । म सांसद हुँ । जनताको प्रतिनिधि हुँ । नेपाल अहिले सेतो कपाल मात्रैको देश भएको छ । भयावह अवस्था छ, नाजुक छ । सरकार सुतिरहनु भएन, सरकार मन्त्रीहरु सशक्त ढंगले पोलिसी बनाएर अघि बढ्नुपर्छ । हामी आर्थिक रुपमा जर्जर अवस्थामा गइरहेका छौँ । त्यसलाई सुधार्नु पर्छ । सरकार उही विदेश जाने, के जाने ? यो गर्नु हुँदैन । संविधानले बनाएको मिश्रित प्रणाली बदल्नुपर्छ ।’

उहाँले संविधानले बनाएको मिश्रित निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?