एक्स कस्मोपोलिटिएनले सुरु गर्‍याे नेपालमै पहिलो पटक रिभर्स एजिङ सेवा, नक्सालमा आउटलेट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्देश्यसहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । बुधबार काठमाण्डौंको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात भएको हो ।

दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गर्नुभयाे ।

आटलेटको उद्घाटन गर्दै अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुवात भएको भन्दै खुसी व्यक्त गर्नुभयाे । महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गूणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

प्राकृतिक रुपमा नै मानिसको आयु १२० बर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गईरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुन्द्र सतह देखि ३ हजार मिटर देखि ६५ सय मिटरको उचाईमा पाईने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयंम आत्मनिर्भर भई १२० वर्षभन्दा लामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने उद्देश्य रहेको एक्स कस्मोपोलिटिएनले जनाएको छ ।

एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ । वेलकेयरअन्तर्गत आजको अग्रगामी प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ । सुभनियर बुटिकअन्तर्गत नेपालको समुन्द्री सतह देखि ६ हजार ५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर महलगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने सामग्रीहरु बिक्रीको लागि राखिने छ । विशेषतः नेपालीलगायत नेपालमा घुम्न आउने पर्यटकहरुलाई नै लक्षित गरेर शोभनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरिता अधिकारीले बताउनुभयाे ।

“कम्पनीले प्राकृतिक रुपमा उपलब्ध भएको वस्तुहरुलाई जस्ताको तेस्तै बजारमा ल्याउँदै छ । यो संसारभरिका सम्पुर्ण मानिसहरुको लागि फलदायक छ । कम्पनीले उत्पादन गर्ने सामग्रीहरुमा केमिकलको प्रयोग हुनेछैन,” अधिकारीले भन्नुभयाे । नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समूहका मानिसहरुले प्रयोग गर्न उपयुक्त हुने सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण कम्पनीले गर्नेछ । विभिन्न जडिबूटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तराष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?