राष्ट्रपति पौडेल डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुनुभएको छ ।

मुटुमा समस्या देखा परे पछि हिजो (मंगलबार) शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुभएको हो । अस्पतालले बुधबार जारी गरेको विज्ञप्ति अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उहाँ अस्पताल पुग्नुभएको थियो । उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो ।

उहाँ आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?