प्युठानमा तीर्थयात्रु सवार कार दुर्घटना, आठ जनाको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । प्युठानको स्वर्गद्वारीमा कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु सवार लु१च ६३४५ नम्बरको कार सोमबार दिउँसो जिल्लाको स्वर्गद्वारी-४ भिगृ टाकुरानजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार सबै दुई महिला, दुई पुरुष र चारजना बालबालिको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनालगत्तै उनीहरू सबैलाई जिल्ला अस्पताल प्युठान लगिएकोमा अस्पताल पुर्‍याउँदा सबैको ज्यान गइसकेको थियो ।

दुर्घटनामा दाङको तुलसीपुर-१५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल, उहाँका १४ वर्षका छोरा विशाल र नौ वर्षका विकाश पोखरेलको ज्यान गएको हो । त्यस्तै, दुर्घटनामा दाङको लमही नगरपालिका-७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँकै नौ वर्षीय छोरा आदित शाहको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा घोराही उपनगरपालिका-५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पनि मृत्यु भएको छ । दुर्घटनामा कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि ज्यान गएको छ । उपल्लो घुम्तीबाट कार अर्को घुम्तीमा खसेको थियो । गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?