भारतमा कंग्रेस आईका नेता राहुल गान्धीले दिएको पुनरावेदन खारेज

Read Time = 2 mins

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले दुई वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन अदालतले खारेज गरेको छ । गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज हुने निर्णय सुनाएको हो । एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरको बारेमा गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले सबै चोरहरूको मोदी साझा थर कसरी भयो भन्ने प्रश्न गर्दै अभिव्यक्ति दिनुभएको थियो ।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरुद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो ।

अदालतले गान्धीलाई तत्कालका लागि धरौटीमा छोडेको थियो । अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले गान्धीको सांसद पद निलम्बन गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?