किएभ । रूससँगको नयाँ कैदी आदानप्रदान प्रक्रियाअन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ । स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल शहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिकहरू रहेका छन् ।
यसबाहेक डोनेटस्क र लुहान्स्कमा लडाइँमा भाग लिने सिपाहीहरूलाई पनि बन्दी आदानप्रदानअन्तर्गत रिहा गरिएको छ । मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइते भएका र गम्भीर रोगबाट पीडित छन् ।
युक्रेन र रूसबीच सन् २०२२ मार्चपछि ५१ पटक बन्दी आदानप्रदान भएको र यसअन्तर्गत रूस-युक्रेन द्वन्द्वमा बन्दी बनाइएका कुल तीन हजार १३५ युक्रेनीमध्ये धेरैलाई रिहा गरिएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच