शरणार्थी प्रकरणले नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गरायाे, खेद प्रस्ताव पास गराैँ : सांसद परियार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नु पर्ने जनाउनु भएको छ ।

नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताउनु भयो ।

‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो ? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले भन्नुभयो, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?