रोगादि झन् प्रबल भै तन क्षीण पार्छन् ।
कामादिले हृदय तप्त गरी लघार्छन् ।।
नाच्दैछ मृत्युु दिनरात म बस्छु गन्दै ।
हे दीनबन्धुु ! शरणागत हुन्छुु तिम्रै ।।
१
भत्किन्छ यो तन कठै ! परिणामशील ।
भासिन्छ चित्त अति नै विषयी बनेर ।।
प्रपञ्चमा मगनमस्त रहन्छ बुुद्धि ।
हे दीनबन्धुु शठ हूूँ दिनुुहोस् सुुशुुद्धि ।।
२
कच्चा घडासरहका सब जीव हामी ।
विद्युुत्-प्रभातरह अस्थिर हो जवानी ।।
खानै भनी कति कुुद्यौँ बघिनी बुुढीझैँ ।
हे दीनबन्धुु ! शरणागत छौँ भुरीझैँ ।।
३
यो देहले तप र ध्यान गरेन कैल्यै ।
वाणी र चित्त थितिमा त रहेन कैल्यै ।।
मिथ्या प्रगल्भ अनि धाक छरी रमाएँ ।
हे दीनबन्धुु शरणागतमा म आएँ ।।
४
यो चित्त नै जड भयो मति ज्ञानशूून्य ।
जो विश्वरूप नबुुझी म भएछुु दङ्ग ।।
जिब्रो भएर न त बोल्न सकेँ सुुवाणी ।
हे दीनबन्धुु ! शरणागत हुुन्छुु जानी ।।
५
झाङ्गे रजोगुण तमोगुुण भित्रभित्र ।
फक्रेन सत्वगुण शान्ति अहो विचित्र ! !
दाह्रा झरी श्रवण चक्षुु भए निकम्मा ।
हे दीनबन्धु शरणागत हुुन्छुु पक्का ।।
६
पूूजा भुलेर भगवन् ! मन भो भुजामा ।
तोत्रादि मन्त्र नपढी, मुख गो सुरामा ।।
सम्झेन चित्त शिरले दुुइ पाउ तिम्रो ।
ऐले म पर्छुु शरणागत दीनबन्धो ! !
७
समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच