
काठमाडौं । अपांगता भएका महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई सशक्त पार्न गरिएका विभिन्न कार्यक्रम बारे जानकारी दिनका लागि राजधानीमा ‘सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ । नेपाल अपांग महिला संघले सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनको सहकार्यमा काठमाडौंमा सञ्चालित परियोजनाबाट सिकेका सिकाइ, अनुभव, चुनौती तथा प्राप्त उपलब्धि बारे जानकारी दिने उद्देश्यले सञ्चारकर्मीहरू माझ सो सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल अपांग महिला संघकी महासचिव देवकला पराजुलीले परियोजनामार्फत संघले गरेका कामहरूका बारेमा एक प्रस्तुतीकरण दिनुभयो । कार्यक्रममा बोल्नुहँदै नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल, उपाध्यक्ष मिना पौडेल तथा संघकी मनिटरिङ तथा डकुमेन्टेसन अधिकृत दुर्गा कार्कीले अपांगता भएका महिला तथा बालिकाका बारेमा सकारात्मक सन्देश जाने खालका रहेका छन् । संघर्ष, उत्प्रेरणा तथा सफलताका कथा र उनीहरूका बारेमा उठाइनुपर्ने सवालभन्दा विशेषगरी हिंसामा परेका घट्ना तथा कठैबराजस्तो देखाएर सञ्चारमाध्यममा प्रस्तुत गर्ने प्रवृति रहेकोमा गुनासो गर्नु भयो । उहाँले अबका दिनमा यस विषयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमले ध्यान दिई अपांगता भएका महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई सशक्त पार्न भूमिका खेलिदिन एकै स्वरमा आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका-५ का वडा सदस्य आरती सुनुवारले अतिथिको रूपमा बोल्नुहँदै आफ्नो वडालगायत काठमाडौं महानगरपालिकाबाट अपांगता भएका महिला तथा बालिकाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आफ्नो तर्फबाट विशेष भूमिका खेल्ने बताउनुभयो । नेपाल अपांग महिला संघ २०५४ सालमा स्थापना भई निरन्तर रूपमा अपांगता भएका महिला तथा बालिकाको हकहित तथा अधिकारका लागि कार्यरत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच