काठमाडौं । शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सो अवसरमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘नेपालकी लोकप्रिय अभिनेत्री एवं शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्राण्ड एम्बासडर नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
नवनियुक्त ब्राण्ड एम्बासडर स्वस्तिमाले भन्नुभयो, ‘शाओमीजस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोन र एआइओटी प्रोडक्ट प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, आशा छ, यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच