काठमाडौं । भारतको राजधानी दिल्लीमा आयोजना भइरहेको विश्व पुस्तक मेला २०२४ को दोस्रो दिन नेपाली कवि अमर आकाशको पहिलो कविता संग्र्रह ‘टुङ्ना’ र ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषांक विमोचन गरिएको छ ।
सो अवसरमा कवि तथा अनुवादक युयुत्सु आरडी शर्माले आफूले अंग्र्रेजीमा उल्था गरेको कवि आकाशको ‘टुङ्ना’ शीर्षकको कविता स्वयंले नै पढेर सुनाउनुभएको थियो । मनोज कृष्ण, मन्दिरा घोष, उषा मुजु मुन्सी, रचना जोशी, सञ्जुला शर्मा, पुनम सुरी, रुम्की वसु, स्वाती राम्बल शर्मा, प्रियशा मोहन्ती, इभाल भारतीसहित कविले पनि नेपाली, तमिल, हिन्दी, अंग्र्रेजीलगायत भाषामा कविता वाचन गर्नुभएको थियो ।
हृवाइट लोटस बुक सप, कुपण्डोल ललितपुरका प्रमुख सिर्जना भण्डारीले यस्ता कार्यक्रमले अलग मुलुकबीच सांस्कृतिक आदानप्रदानका साथै भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने र कविहरूलाई विश्वभर परिचित गराउने बताउनुभयो । कार्यक्रममा ओडिया कवि तथा पूर्वराजदूत अमरेन्द्र खटुआ, कवि तथा इतिहासकार राधा चक्रवर्तीलगायत भारतीय कविको सहभागिता थियो । शनिबारदेखि सुरु भएको पुस्तक मेला आगामी फागुन ६ गतेसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच