पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । अभिनव साहित्य समाजको २६४औं मासिक शृंखलाअन्तर्गत शिशिर कवि गोष्ठी र मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार वितरण गरिएको छ । गोकर्णश्वर नगरपालिका-५ भैरव गुठीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि काठमाडौ क्षेत्र नम्बर तीनका संघीय सांसद तथा अर्थ समितिका संमयोजक सन्तोष चालिसे हुनुहुन्थ्यो भने सभापतिमा साहित्य समाजका उपाध्यक्ष विमल अर्याल रहनुभएको थियो ।
यही वर्षबाट पूर्वजोरपाटी गाउँपञ्चायतका प्रधानपञ्च मणिराम चालिसेको नाममा उहाँका सुपुत्रहरूबाट स्थापना गरिएको पुरस्कार समाजमा शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्न व्यक्तिलाई प्रदान गरिने समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले जानकारी गराउनुभयो । मणिराम चलिसेको ब्यक्तित्वका बिषयमा समाजसेवी दीपकसिंह भण्डरी र गोविन्द घिमिरेले प्रकाश पार्नु भएको थियो । तत्कालीन जोरपाटी गाउँ पञ्चायतमा सत्रवर्ष प्रधानपञ्च चलाउनुभएका मणिराम चालिसेले विकासको काममा जोरपाटीलाई अग्र पक्तिमा राखेको उल्लेख गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद चालिसेले सम्मानित व्यक्तित्व उद्धव रायमाझीलाई १० हजार नगद रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । सम्मानीत व्यक्तित्व उद्धव रायमाझीले आफूले पाएको सम्मानले थप जिम्मेबारी बोध गराएको व्यक्त गर्नुभयो ।
उक्त नगद सम्मानमा रहेको दश हजार रुपैयामा एक रुपैयाँ आफूले लिएर बाँकी रकम नौ हजार ९९९ त्यही अक्षय कोषमा जम्माहोस् भन्दै रायमाझीले उपस्थित सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । प्रमुख अथिति चालिसेले सहित्य क्षेत्रमा गोकर्णेश्वर नगरपालिका अग्रस्थान रहेको जिकिर गर्नुभयो । मैले साहित्य क्षेत्रमा गर्नसक्ने सहयोग बारम्बार गर्न बताउनुभयो । अन्त्यमा सभापति विमल अर्यालले सबै आगन्तुहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच