काठमाडौं । चितवनको राप्ती नगरपालिकाले नगरवासीका लागि निःशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराएकोे छ । पालिकाभित्र रहेका चेपाङ तथा अति विपन्न स्थानीयलाई लक्षित गर्दै पालिकाले ‘एक कलको भरमा निःशुल्क एम्बुलेन्स सेवा तपाईंको घर-घरमा’ अभियान नै सञ्चालन गरेको हो ।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले पालिकाले गत आर्थिक वर्ष अति विपन्न तथा दीर्घरोगीलाई निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएकोमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरेर पालिकाले साउनदेखि सबै स्थानीयलाई लक्षित गर्दै निःशुुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाल पालिकाभित्र रहेका तीन सयभन्दा बढी दीर्घरोगीलाई हामीले घरबाट अस्पताल र अस्पतालबाट घरसम्मै लैजान्छौँ । उहाँहरू धेरैजसो सातामा एकपटक अस्पताल जानुुपर्ने हुन्छ, हामीले सजिलोका लागि निःशुुल्क सेवा दिएका हौँ ।’ नगरपालिकामा भएको एउटा एम्बुुलेन्सबाट सेवा प्रवाह गर्न समस्या भएको भन्दै नयाँ एम्बुुलेन्स खरिद प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो । नगरपालिका प्रमुख लामाले भन्नुभयो, ‘राप्तीका सीमान्तकृत चेपाङ समुदाय आर्थिक अभावकै कारण उपचारका लागि अस्पताल जाँदैनन् ।
सरकारी अस्पतालमा चेपाङ समुदायको निःशुल्क उपचार हुन्छ । बिरामी ल्याउन समस्या हुने भएकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेका हौँ, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनपछि पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङसहित अति विपन्न परिवारहरूलाई अस्पतालसम्म आउन सहज भएको छ । चितवन जिल्लाका अन्य पालिकाको तुुलनामा राप्ती नगरपालिका विकट क्षेत्रमा पर्छ, विकट क्षेत्रका जनतालाई सहजरूपमा सेवा प्रवाह गर्न हामीले निःशुुल्क एम्बुुलेन्सदेखि रगतसम्म उपलब्ध गराउने गरेका छौँ ।’
विपन्नलाई घरदेखि शिक्षासम्म सित्तै
राप्ती नगरपालिकाले निःशुुल्क एम्बुुलेन्सका साथै अति विपन्नको घर बनाइदिनेदेखि सामुुदायिक विद्यालयमा अध्ययन गर्दा कुनै पनि खर्च नलाग्नेसम्मको व्यवस्था गरेको छ । त्यस्तै, ब्लड बैंकसँग समन्वय गरेर निःशुुल्करूपमा रगत उपलब्ध गराउँदै आएकोमा तीन महिनामा एक सय सातजनाले ब्लड बैंकबाट निःशुुल्क रगत लिएको नगरप्रमुख लामाले बताउनुभयो । त्यस्तै, अति विपन्नको घर अभियानअन्तर्गत गत आर्थिक वर्षमात्र दुई सय २६ जनाको घर बनाइदिएको उहाँको भनाइ थियो । नगरप्रमुख लामाका अनुसार गत वर्ष राप्तीले ६६, प्रदेश सरकारको सहयोगमा ४५ र अन्य विभिन्न संघसंस्थाको सहयोगमा एक सय २१ गरी दुई सय २६ घर निर्माण गरिएको थियो । पालिकाले अन्य सेवाजस्तै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिँदै आएको छ । चालु शैक्षिक सत्रदेखि पालिकाभित्र सञ्चालित ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिँदै आएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच