निरज कोइराला/हिटा
भोजपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवार बनेको भन्दै नेकपा (एमाले) भोजपुरले दुई जनालाई कारबाही गरेको छ । पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई एमाले भोजपुरले कारबाही गरेको हो । पार्टी अध्यक्ष शरणकुुमार राईले विज्ञप्ति निकाल्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेकपा एमाले भोजपुरको तर्फबाट नौवटै स्थानीय तहहरूमा पार्टीको तर्फबाट उम्मेदवार मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको जनाउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारी मनोनयन गर्ने क्रममा पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवार दिनुहुने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुर नगर वडा कमिटी १२ नम्बर वडाका वडाध्यक्ष कुमारप्रसाद श्रेष्ठले पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको हुनाले पार्टीको विधानको धारा ८० को ६ बमोजिम आजकै मितिबाट लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको सदस्यतासमेत नरहने गरी कारबाही गरिएको व्यहोरा जानकारी गरिन्छ ।’
पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारको पक्षमा लागि प्रचारप्रसार गर्ने र मतदाताहरूलाई स्वतन्त्र उम्मेदवारको पक्षमा मतदान गर्न लविङ गर्ने कमरेडहरूलाई तत्काल उक्त कार्य बन्द गरी पार्टीको उम्मेदवारलाई जिताउन लाग्नुहुन आग्रह गरिन्छ । अन्यथा पार्टीको विधानबमोजिम कारबाही गरिनेछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :