
काठमाडौं । इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारी भारतमा हुने भएको छ । तयारीका लागि दुई खेलाडीसहित तीन सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा प्रस्थान गरेका छन् ।
ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ । हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अञ्जली तेली सहभागी हुुनुहुनेछ । प्रशिक्षकमा पूर्णबहादुर लामा हुनुहुन्छ ।
भारतमा टोली दुई साता प्रशिक्षणमा रहने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जानकारी गराउनुभयो । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच