लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताउनु भएको छ ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले गठबन्धन रहरले नभएर लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताउनु भयो ।

सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताउनु भएको थियो ।

उहाँहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गर्नुभयो ।

संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उहाँको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?