
काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनीत हुनुभएको छ । प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको १२औँ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप-दफा (२) (न) मा व्यवस्था भएबमोजिम तीन वर्षका लागि श्रेष्ठलाई मनोनीत गरेको हो ।
अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गर्नुभएका तथा चिकित्सा क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव संगाल्नुभएका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुनुहुन्छ । सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्वसदस्यसमेत रहिसक्नुभएका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्वउपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक सञ्चालक सेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटीका सल्लाहकारका साथै हाल काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच