अवैध लागूऔषधसहित २ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । जिल्लाको सिगास गाउँपालिका-९ श्रीभाबरबाट चरेश जस्तो पदार्थ करिब २ किलोसहित बित्थडचिर गाउँपालिका-५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरीले उक्त पदार्थसहित महरलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली जिल्लाको जानकी गाउँपालिका-५ अमौराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?