
भोजपुर । भोजपुरबाट ब्याडमिन्टनका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडीसहित चौध जनालाई राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि भोजपुरले सम्मान गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा युवा संघको आयोजनामा भोजपुरमा फागुन ७ गते देखि ९ गतेसम्म हुन लागेको खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको अवसरमा सम्मान गर्न लागिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सम्मानका लागि छनौट हुनु भएका खेलाडीहरुलाई फागुन ९ गते सम्मान गरिने राष्ट्रिय युवा संघ नेपालका भोजपुर इन्चार्ज ज्ञानेन्द्र राईले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष रविन थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ११ हजार एक सय ११ को साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने छन । सदरमुकाममा रहेको कर्भड हलमा संचालन हुने प्रतियोगितामा भाग लिन फागुन ४ गतेसम्म नाम दर्ता गराउन सकिने छ ।
पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशिल पत्रकार सहित नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम कार्की, जिल्ला उपाध्यक्ष मक्कर खड्का, व्याडमिन्टनका राष्ट्रिय खेलाडी दान बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच