दाङ । गत हप्ता जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरे । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्त घोराहीको मुख्य वजार स्थित एक होटेलमा बास वसेका उनले श्रीमती र छोराको हत्या गरेका हुन्।
प्रहरीका अनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा छन् । उनी आफैँ अत्मसमर्पण गरेका थिए ।
यस्तै घोराहीको वस्त बजारमै महिला प्रहरी जवान धनमाया थापामगरलाई बिहिबार साँझ ड्युटीमा रहेको समयमा श्रीमान यामबहादुर झाँक्रीमगरले गोली हानी हत्या गरेका छन् । कर्णाली प्रहरी तालिम केन्द्रमा सहायक प्रहरी हवल्दार पदमा कार्यरत यामबहादुर झाँक्रीमगरले ड्युटीमा रहेको समयमा तीन राउण्ड गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भे १२ प ११५० नम्वरको मोटरसाइकलमा आएका यामबहादुरले धनमाया भएकै स्थानमा मोटरसाईकल रोकी गोली प्रहार गरेर हत्या गरेका हुन् । मृतक महिला प्रहरीको छाती र कोखामा गोली लागेको छ । घोराहीबाट भागेका यमबहादुरलाई लमही नगरपालिका ६ अर्जुनखोलाबाट प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसहित गोली बरामद गरेको छ । घटनाका बारेमा एकिन कारण खुली नसकेको प्रहरीले बताएको छ ।
यसले जिल्लाको शान्ति सुरक्षा अत्यन्तै कमजोर रहेको स्थानियहरु बताउँछन् । नगरभित्र शान्ति–सुरक्षाको उचित व्यवस्था नभएको गुनासो नागरिकहरुले गर्न थालेका छन् । मुख्य बजार क्षेत्रमा हुने गरेका यस्ता घटनाले चोरी डकैती, लुटपाटले समेत वढवा पाउने भन्दै चुस्त व्यवस्थपानको अभावमा यस्ता घटना हुने नगरवासीको भनाइ छ । घोराही उपमहानगरपालिका १५ निवासी हरी के.सी. यसले सुरक्षा व्यवस्थामा सन्देह उत्पन्न गराएको मात्रै हैन प्रहरीको व्यवसायीकरणमा समेत प्रश्न खडा भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच