बुटवल । ट्रक व्यवसायीले ओभरलोड बोकेर चल्ने भारतीय ट्रक तत्काल रोक्न सरकारसँग माग गरेका छन् । शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २३औँ साधारणसभा तथा १३औँ अधिवेशनमा बोल्दै उनीहरूले यस्तो माग गरेका हुन् ।
लाखौंलाई रोजगारी दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको व्यवसायीले गुनासो गरेका छन् ।
भारतीय ट्रक नियम, कानुनविपरीत नेपाली सडकमा ओभरलोड बोकेर चल्ने गरेको भन्दै तत्काल रोक्नुपर्ने उनीहरूले बताए । ओभरलोड बोकेर नेपालमा चल्ने भारतीय ट्रकसँग नेपाली ट्रकले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरूको भनाइ थियो । लाखौंलाई रोजगारी दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उनीहरूले गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीले बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनुपर्ने बताउनुभयो । यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यावसायिक एकता आवश्यक भएको उहाँको भनाइ थियो । अध्यक्ष श्रेष्ठले ट्राफिक प्रहरीको ज्यादती र ओभरलोड बोक्ने भारतीय ट्रकविरुद्व आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाटै पलायन हुनुपरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच