कास्की । पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग।२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी झापा जिल्ला झापा गाउँपालिका-१ सोह्रखुट्टेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित भारत घर भएका २५ वर्षीय मो.ईन्सुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै कैलालीकाे धनगढी उपमहामगरपालिका-३ बोराडाडी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय मनोज रानासमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२७ जमलबाट अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित सोही महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय निराजन शाही खड्कीसमेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच