
पाल्पा । पाल्पाको तानसेनमा रहेको एक नीजि विद्यालयका विद्यार्थीहरुले आफ्ना हजुरबुवा– आमालाई सम्मान गरेका छन् । पाठ्यक्रममै संस्कारसहितको शिक्षा नहुँदा पछिल्लो पुस्ताले आफ्ना अभिभावकहरुलाई घृष्णा, अपहेलित गर्दै गएका बेला तानसेनमा रहेको सिद्धी विनायक एकेडेमी स्कुलमा अध्ययनरत विद्यार्थीहरुले भने स्कूलमै बोलाएर हजुरबुवा– आमालाई सम्मान गरेका हुन् ।
विद्यालय तहबाटै विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिन नसक्दा आफन्नै छोराछोरीहरुबाट बुवा आमा अपहेलित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै स्कुलले हरेक वर्ष अभिभावक दिवस कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिभावकप्रति सम्मान गर्ने संस्कारको विकास गराउँदै आएको छ । यस वर्ष पनि यहाँका विद्यार्थीहरुल आफ्ना हजुरबा, हजुरआमालाई खादा ओढाएर सम्मान गरे । दिवस औपचारिक कार्यक्रम भए पनि अन्य कार्यक्रममा जस्तो प्रमुख अतिथिबाट जेष्ठ नागरिकलाई सम्मान गराइएन ।
कार्यक्रममा विद्यार्थी आफैले आ–आफ्ना अभिभावकलाई स्टेजमा बोलाएर आफै खादा ओढाईदिए । त्यतिमात्र होइन उनीहरुले आ–आफ्ना हजुरबा, आमाको योगदान, माया, ममताको चर्चा गर्दै दिर्घजीवनको कामना समेत गरे । आफ्ना नाति नातिनीहरुबाट सम्मानित हुन पाएकोमा अभिभावकहरु समेत अत्यन्त उत्साहित बनेका थिए । अभिभावक होमबहादुर थापाले आफुहरु जस्ता कयौं जेष्ठ नागरिकहरु वृद्धआश्रममा जानु परेको अवस्थामा नाती नातिनाहरुले सम्मानसँगै माया र सद्भाव देखाएकोमा खुसी व्यक्त गर्नुभयो । अर्की अभिभावक लक्ष्मी पौड्यालले स्कुलमै बोलाएर नाती नातिनाहरुले सम्मान गर्दा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरु कार्यक्रम सञ्चालनदेखि स्वागत आफै गरेका थिए । उनीहरुले कार्यक्रमको प्रमुख अतिथि समेत कुनै नेता, मन्त्री नभई आफ्नै जेष्ठ अभिभावकलाई नै गराए । प्रमुख अतिथिका रुपमा रहेका जेष्ठ नागरिक धर्मप्रसाद बस्यालले विद्यार्थीहरुले आफ्ना अभिभावकको सम्मान गरेर संस्कारसहितको शिक्षा हासिल गरेको बताउनुभयो ।
विशिष्ठ अतिथि प्याव्सनका केन्द्रीय सदस्य भरत न्यौपानेले पश्चिमी संस्कृतिले पारेको प्रभावलाई सम्मान कार्यक्रमले केही हदसम्म भए पनि ओझेलमा पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हजुरबुवा, आमाहरु ज्ञानको सागर भएको भन्दै उहाँहरुको ज्ञान र अनुभवलाई सिको गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । न्यौपानेले स्कुलबाटै विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिन सकियो भने अभिभावकहरु अपहेलित हुनु नपर्ने समेत बताउनुभयो ।
फरक प्रसंगमा उहाँले नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु सरकारी सेवाबाट बञ्चित हुन्छन् भन्ने गलत धारणा रहेको बताउनुभयो । उहाँले निजी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरुले नै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्कलर्ससिप पाउन सफल भएको भन्दै तिनै विद्यार्थीहरु अहिले अब्बल बनेको धारणा व्यक्त गर्नुभयो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष भुवन ज्ञवालीले विगतदेखि नै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै संस्कारसहितको शिक्षा दिर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्यालयतहबाटै विद्यार्थीहरुमा संस्कार सिकाउन सकियो भने भोली समाज र राष्ट्रलाई सभ्य र सु–संस्कृत बनाउन सकिन्छ भन्ने उद्देश्यले हरेक वर्ष विद्यार्थीहरुबाट अभिभावकलाई सम्मान गर्ने परिपाटी बसालिएको हो ।’ स्कुलकी प्रिन्सिपल मञ्जु ज्ञवालीले जेष्ठ नागरिक समाजका पथप्रदर्शक रहेको र उहाँहरुलाई सम्मान गर्नु सबै सन्ततीको दायित्व रहेकाले त्यो संस्कारको विकास गर्न विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा दिँदै आइएको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको सम्मानमा नाटक सहित विभिन्न प्रस्तुतीहरु देखाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच