दाङ । सानैदेखि राजनीतिक चेत भएका घोराही उपमहानगरपालिका १५ का जितेन्द्रमान नेपाली २०३३ सालदेखि घोराहीमा कपडा सिलाउने काम गर्नुहुन्थ्योे ।
२०७४ मा भएको स्थानिय निर्वाचन पछि जितेन्द्रलाई जिल्ला समन्वय समितीको प्रमूख हुने अवसर आयो र हुनुभयो । राजनितीक लाभको पदमा पुगेर श्रमलाई वेवास्ता गर्नेहरुको जमातमा नेपाली हाल नमूना बन्नुभएको छ । राजनीतिमै भएको भए आफु भ्रष्टाचारी हुने र वेइमान हुने भन्दै आफुलाई उचित व्यवसाय सिलाइकटाइ लागेकोले यही पेशालाई निरन्तरता दिएको उहाको भनाइ छ । उमेरले ७० नाँघेका जितेन्द्र अहिले पनि काँधमा कपडा नाप्ने फित्ता र चाउरी परेका हातले कैचि समाएर दैनिक कपडा सिलाइ रहनुभएको छ ।
त्यस्तै कम्लहरी मुक्तीको आन्दोलन पछि राजनितीमा तानिएकी शान्ता चौधरी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपानिक संसद वन्नुभयो । प्रतिनिधी सभामा नेकपा एमालेबाट सचेतकको भूमिका निर्वाह गरिसकेकी शान्ता अहिले व्यवसायीक रुपमै फम दर्ता गरेर घरमै बिभिन्न प्रकारका अचार वाउन थाल्नुभएको छ । राजनीति तथा सामाजिक क्षेत्रमा लागेका व्यक्तीहरु व्यवसाय र उत्पादन सग जोडीन सके मात्र सफल भइने तर्क गदैै उहाँले गलत कार्य निरुत्साहीत हुने उहाँको भनाइ छ । तयारी अवस्थाका अचार शान्ताले केही अनलाइनकै माध्यमबाट त केही जिल्लामा हुने मेला महोत्सवमा स्टल राखेर बिक्रि गर्दै आउनुभएको छ ।
उता २९ वर्ष शिक्षण पेशा गरेका दाङको वंगलाचुलीका यनुराज खत्री साथीहरुको आग्रह र आफूभित्र रहेको समाजसेवाको चाहानाका कारण २०७४ को स्थानिय निर्वाचनबाट वडाध्यक्ष वन्नुभयो । जनप्रतिनिधी भएर काम गर्दै गर्दा आउने सेवा सुविधा आफूले नलिएर स्थानिय बिद्यालयलाई सहयोग गरेका खत्री अरुहरुलाई प्रेरणा दिने काम गर्न चाहानुहुन्थ्योे । आफ्नो कार्याकाल सकिदै गर्दा पार्टि तथा साथीहरुको पुनः जनप्रतिनिधी बन्न गरेको आग्रहलाई इन्कार गर्नुभएका उहाँले उत्पादनमूलक काममा जोडिने चाहाना मनमा थियो तर पैसा थिएन । बजारमा रहेको घर बिक्रि गरे र गाँउमा गएर कालिज फम चलाउनुभयो ।
दाङकै ववै गाँउपालिकाका पुर्व अध्यक्ष भुवनेश्वर पौडेल भैसी पालन व्यवसाय गरिरहनुभएको छ । त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य बनिसकेकी धमकली चौधरी तरकारी खेती गर्नुहुन्छ । राजनिती र त्यसबाट प्राप्त हुने पदलाई समाजसेवा भन्दा कमाउधन्दा बनाउने राजनितीकर्मीहरुका कारण धेरैले राजनितीलाई फोहोरी खेलको उपमा दिने गरेका छन् । राप्ती गाँउपालिकाको उपाध्यक्ष बनेर काम गरेकी जगदम्बा चौधरीको माछा फम छ । उत्पादनमा नजोडिएर राजनितीमा मात्रै लाग्दा राजनितीककर्मी भ्रष्ट हुने भन्दै पार्टिले दिएको जिम्मेवारीको काम र माछाको हेरचाहमै जगदम्बाको दैनिकी बित्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच