
-पुरन साह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक बिश्वासको मत पाउनु भएको छ ।
आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन् । विपक्षमा कुल ३५ सांसद पुगेका छन् । दोस्रो पटक सम्म विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएनन् ।
गठबन्धन आवद्व ९ दल मध्ये जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले एक वर्षे कार्यकालमा आइतवार तेस्रो पटक विश्वासको मत लिनु भएको हो ।
मुख्यमन्त्री यादवले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत पाँउ भनि राखेको प्रस्तावमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता सरोज यादवले गठबन्धनमा रहेका दलहरु मुटु माथि ढुङ्गा राखि हाँस्नु परेको स्थितिमा रहेको टिप्पणी गर्नुभयो ।
उहाँले यथास्थितिलाई अस्वीकार गर्ने हिम्मत गरेको भन्दै जनमत पार्टीलाई धन्यवाद दिनुभयो । उहाँले मधेश सरकार मुख्यमन्त्री भन्दा अरु कसैले सरकार चलाइरहेको आभास भइरहेको पनि आरोप लगाउभयो । यद्यपि उहाँले मुख्यमन्त्री ईमान्दार व्यक्ति रहेको पनि बताउनु भयो । गठबन्धनकारी एवम् राष्ट्रिय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता कृष्ण यादवले वर्तमान सरकारको कामकारवाहीबाट आफुहरु खुशी नरहेको बताउनु भयो । 'छ वर्षको जसपा नेतृत्वको सरकारबाट मधेशी जनता खुशी छैनन् हामी पनि खुसी छैनौं ' उहाँले टिप्पणी गर्नुभयो ।
अन्य पार्टीका नेताहरुले पनि मधेश सरकारको कार्यसम्पादन कमजोर हुँदा जनताको असन्तु्ष्टि मात्र नभई संघीयता खतरा तर्फ गइरहेको भन्दै असन्तुष्टि पोखेका थिए । दलका नेताहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री यादवले मन्त्री हुँदा सबै ठिक र नहुँदा बेठिक जस्ता कुरा नगर्न एमाले र जनमत पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो । "मैले कुन मन्त्रीलाई काम नगर्नोस भनेको छु ? कुन मन्त्री सँग योजना बारे बुझ्न खोजेको छु ? कुन मन्त्रीसंग पैसा मागेको छु" भन्दै संसदमै प्रश्न गर्नुभयो ।
बैठकको प्रारम्भमा जनमत पार्टीका सांसदले मुख्यमन्त्रीको उपस्थितिमै सप्तरीको राजविराजमा कृषि बिश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहउपकुलपति समेत रहनुभएका शिक्षामन्त्री माथि सांघातिक आक्रमण भएको भन्दै मुख्यमन्त्रीको जवाफ र माफी खोज्दै बैठक १० मिनेट अवरुद्व पारेका थिए ।
मुख्यमन्त्रीले अगामी बैठकमा जवाफ दिने सहमती जनाएपछि बैठक अगाडि बढेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच