लण्डन । क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काएपछि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले बराबरी गोल फर्काएपछि युनाइटेडले चेल्सीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडविरुद्ध चेल्सीका लागि मार्काेस अलन्सोले पहिलो गोल गर्नुभएको थियो । उहाँले खेलको ६०औं मिनेटमा मार्काेस अलन्सोको गोलबाट चेल्सीलाई अग्रता दिलाउनुभएको हो । त्यसको दुई मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काउनुभयो । ६२औं मिनेटमा नेमान्जा माटिचको पास रोनाल्डोले बराबरी गोल फर्काउनुभएको हो ।
यो बराबरीसँगै प्रिमियर लिगको अंक तालिकामा कुनै फेरवदल भएको छैन । चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा तथा युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :