लण्डन । क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काएपछि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले बराबरी गोल फर्काएपछि युनाइटेडले चेल्सीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडविरुद्ध चेल्सीका लागि मार्काेस अलन्सोले पहिलो गोल गर्नुभएको थियो । उहाँले खेलको ६०औं मिनेटमा मार्काेस अलन्सोको गोलबाट चेल्सीलाई अग्रता दिलाउनुभएको हो । त्यसको दुई मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काउनुभयो । ६२औं मिनेटमा नेमान्जा माटिचको पास रोनाल्डोले बराबरी गोल फर्काउनुभएको हो ।
यो बराबरीसँगै प्रिमियर लिगको अंक तालिकामा कुनै फेरवदल भएको छैन । चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा तथा युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध