सञ्चार कर्मसँगै वृत्तचित्रमा सरोज

Read Time = 4 mins

काठमाडौं । सञ्चारकर्मी सरोज ओझा केवल सञ्चारमाध्यममा मात्र सीमित हुनुहुन्न । उहाँ वृत्तचित्र बनाउनुहुन्छ, सौन्दर्य प्रतियोगिताको निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुन्छ । ओझा नेपाल टेलिभिजन संस्थानअन्तर्गतको समाचार च्यानलमा प्रत्येक बुधबार राति ९ः१५ बजे प्रसारण हुने कार्यक्रम ‘सचेतना’को कार्यक्रम प्रस्तोता एवं निर्देशक हुनुहुन्छ ।

सरोज डेढ दशकदेखि नेपाल टेलिभिजनका विभिन्न टेलिभिजन च्यानलका लागि बाहृय उत्पादकका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले कार्यक्रम प्रस्तोता, निर्माता एवं निर्देशक, सम्पादक, स्क्रिप्ट राईटरलगायतको जिम्मेवारी बहन गरिसक्नुभएको छ । उहाँले एनटिभी-२ च्यानलमा बाल कार्यक्रम ‘बाल आवाज’को व्यवस्थापक एवं निर्माताको रूपमा काम गरिसक्नुभएको छ । यस्तै हालसम्म ‘सचेतना’सहित ‘बाल आवाज’, ‘विजनेस इन्फो’, ‘नमस्ते नेपाल’, ‘प्रवासीको सन्देश’, ‘आदर्श परिवार’, नेपाल मै पहिलोपटक कुकिङ रियालिटी शो ‘कलेज सेफ आइकन’ र हास्य टेलिशृंखला ‘कुरामात्रै भो’को निर्माण र प्रसारणमा आफूलाई जोडिसक्नुभएको छ ।

त्यस्तै उहाँले ‘हेल्थ रिटेन्सन (विश्व स्वास्थ्य संगठन-२०२१)’, ‘गद्धी बैठक पुनःनिर्माण’, ‘यु एस एम्बेसडर फण्ड (२०७५)’, ‘लुम्बिनी आइबडिए (२०७४)’, ‘अन्नपूर्ण ओडिसी (नेपाल पर्यटन बोर्ड (२०७१)’, ‘कीर्तिपुरको पर्यटकीय सम्भावना (कीर्तिपुर नगरपालिका २०७३), लगायत वृत्तचित्रको निर्माण, लेखन र निर्देशन गरिसक्नुभएको छ । उहाँ हाल ‘बुढीगण्डकी सभ्यता र सेरोफेरो’ विषयमा शोधमूलक अध्ययन, अनुसन्धानमा व्यस्त हुनुहुन्छ ।

उहाँले सन् २०१९ मा काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपालस्थित १४ वटा स्याटलाइट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो । ओझा ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक तथा राज्य मिडिया नेटवर्कका अध्यक्षसँगै अनलाइन संस्करण राज्यदैनिक डटकमका अध्यक्ष एवं कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । उहाँले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन, कर्पोरेट खबर पत्रिका एवं सोको अनलाइन संस्करण र खेल जित मनोविज्ञान पुस्तकको सम्पादनसमेत गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था एभरेष्ट प्रेस क्लबका महासचिवसमेत रहनुभएका उहाँ अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एसोसएट प्रदेश कमिटी कार्यसमितिमा निर्वाचित हुनुभएको थियो । उहाँ मास्टर्स् इन मिडिया टेक्नोलोजी, स्नाकोत्तर तहका शोधार्थीसमेत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?