भीरबाट लडेर गर्भवती महिलासहित दुईजनाको मृत्यु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ जोउराखाईमा भिरबाट लडेर गर्भवती महिलासहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मासखर्क (जोउराखाई)का १९ वर्षीय अप्सरा चेपाङ र उनका छोरा २ वर्षीय साजन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

कातुके चुलीको भीरमा घाँस काट्न गएका बेला छोरा भीरबाट लडेपछि उद्धार गर्न जाँदा आमा अप्सरा चेपाङ र पेट भित्र रहेका ७ महिनाको बच्चाको समेत मृत्यु भएको मिश्रले जानकारी दिनुभयो । घाईते भएका अप्सरा र उनका छोराको मलेखु टिचिङ अस्पतालमा मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

शव पोष्ट मार्टमको लागि अहिले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी भक्तपुरकी २४ वर्षीया रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?