काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत असन्तुष्टि रहेको बताउनुभएको छ ।
बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताउनु भयो ।
उहाँले देशले नयाँ कोर्षको माग गरिरहेको बताउनु भयो । उहाँले देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताउनु भयो ।
उहाँले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताउनु भयो । उद्योगबाट आउने राजश्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताउनु भयो । सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? बजेट दिएको केही गर्नु । उहाँहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन् । हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ । मुलुकको अर्थतन्त्र हेर्नुभयो भने त्यस्तै संकटपूर्ण छ । देश वि.सं. १९९५ तिरको डाटा हेर्नुभयो भने त्यतिबेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गर्दथ्यो, अहिले ५ प्रतिशत भन्दा कम भएको छ । नेपाल अनुद्योगीतर्फ गइरहेको छ । भएका उद्योग चलेका छैनन्, चलेका उद्योग ३० प्रतिशत भन्दा कम छ । रोजगारी देशमा छैन । देशको नेतृत्वप्रतिको अविश्वासका कारण बाहिर जान बाध्य छन् ।’
पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच