बैतडी । बैतडीका २१ हजार बढी बालबालिकाहरुलाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । ९ महिनादेखी ५ वर्ष मुनिका २१ हजार ३२४ बालबालिकाहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
दादुरा-रुबेला विरुद्धको खोप अभियान बैतडीमा यहि फागुन १६ गतेदेखि संचालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो ।
देशभरी दादुरा-रुबेला विरुद्धको खोप अभियान फागुन १३ गतेबाट संचालन भइरहेको छ । बैतडीमा भने नियमित खोप तालिका अनुसार मेल खाएको हुनाले मिति सारिएको स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । बैतडीमा नियमित खोप तालिका प्रत्येक महिनाको ९ गतेदेखी १५ गतेसम्म संचालन हुँदै आएको छ, त्यसैले १६ र १७ गतेदेखि यो खोप अभियान संचालन हुन गइरहेको प्रमुख भट्टले बताउनुभयो ।
जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा फागुन १६ गतेदेखि २१ गतेसम्म खोप अभियान संचालन हुने भएको छ । यसैगरी जिल्लाको दशरथचन्द तथा मेलौली नगरपालिका, शिवनाथ, पन्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने भएको छ ।
दादुरा र रुबेला विरुद्धको खोप अभियान संचालनको लागि आवश्यक आन्तरिक तयारी तीब्र पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३६२ वटा खोपकेन्द्रमा लगाइने खोप कार्यक्रममा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने छन भने ७२४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो ।
दादुरा-रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्दछ । दादुरा-रुबेला खोपको पूर्ण मात्रा लगाएर सुरक्षित हुन आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच