कटुवा पेस्तोलसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पर्सा । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?