पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले अधुरा फाइलहरु खोलेर अनुसन्धान अगाडि बढाउने बताउनुभएको छ ।
साइबर ब्युरो अपराध अनुसन्धान शाखा भोटाहिटीबाट पाल्पामा सरुवा भई आउनुभएका चन्दले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै हालसम्म टुंगो नलागेका फाइलहरु खोलेर अनुसन्धान अगाडि बढाउने बताउनुभएको हो ।
किशोर न्यौपाने अपहरणदेखि केही घटनाहरु अहिले पनि अन्योलको अवस्थामा रहेकाले ती मुद्धाहरुका फाइल खोल्न पत्रकारहरुले सुझाव दिएका थिए । सो सुझावलाई आत्मसाथ गर्दै वार–पार नभएका फाइलहरुको अनुसन्धान शुरु गर्ने प्रहरी उपरीक्षक चन्दले प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले प्रहरी कानुन कार्यान्यवन गर्ने संस्था भएकाले कसैलाई अन्याय नहुने गरी कानुन कार्यान्वयन हुनेमा ढुक्क हुन पाल्पाली जनतालाई अनुरोध समेत गर्नुभयो । हरेक काम गर्दा नागरीकमैत्री, भएर काम गर्ने,बढ्दो आत्महत्याका घटनाहरु नियन्त्रणको लागि सचेतना अभियान सञ्चालन गर्ने, दुर्घटना न्युनिकरणका लागि सबैपक्षसँग समन्वय गरी सचेतना अभियान चलाउने एसपी चन्दले बताउनुभयो । साईवर अपराधमा अहिले नेपालका ठूला –ठूला घटना भएकाले सचेत भएर सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने, डवल भेरीफाई हुने गरी पासवर्ड राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
एसपी चन्दले जिल्लाको शान्ति सुरक्षालाई मजबूद बनाउन प्रभावकारी सुरक्षा योजना बनाएर काम गर्ने पनि बताउनुुभयो । उहाँ भन्नुभयो ‘हामीसँग प्रहरी जनशक्ति कम छ, तर पनि सिमित जनशक्ति परिचालन गरी जिल्लाको सुरक्षालाई थप प्रभावकारी र मजबूद बनाउने दिशामा म र मेरो टिम लाग्छ ।’ सडक दुर्घटना न्यूनिकरण चुनौतीको रुपमा रहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी एक्लैले सम्भव नहरेको भन्दै उहाँले नागरिकस्तरमै पुगेर उहाँहरुसँग सहकार्य गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले टिपरको ओभरलोड रोक्नुपर्ने, सूचना प्रवाह प्रभावकारी बनाउनुपर्ने, ग्रामीण क्षेत्रमा चल्ने सवारीको भाडादर समायोजन गर्न पहल गर्नुपर्ने, आर्थिक अनियमिता रोक्नुपर्ने जस्ता सुझाव दिएका थिए । यस अघिका एसपी हेरम्वर शर्माको काठमाडौं सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा चन्द पाल्पा आउनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच