
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गर्नुभएको छ ।
अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिवीको अन्त्य तत्काल नगरे इतिहासले उनीहरुलाई माफी नदिने उहाँको निष्कर्ष थियो । शनिवार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरु विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरुले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिवी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
उहाँले मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न आफूहरुले अग्रज नेताहरुलाई सक्दो साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरु पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहो-याउनु भयो ।
उहाँले भन्नुभयो, ‘समाजवाद भनेको नै श्रमको सम्मान गर्ने व्यवस्था हो । तर नेपाली समाज भित्रै रहेको समाजवादको चाहीँ विकास नगर्ने । अनि, सोभियत संघमा कस्तो थियो, चीनमा कस्तो थियो, उनी कहाँ कस्तो थियो ? भन्दै खोज्दै जाँदाखेरी बिना खोज्दै उफ्रिएको कस्तुरीजस्तो नेपाली सापेक्षताको सिद्धान्त हामीले नेपाली माटोमाथि विकास गर्न नसकेको गहिरो अनुभुति हुन्छ । हामी त माटो र जरातिर फर्किएकै छैनौं । हामी त सुगन्ध र फूलतिर । त्यो पनि गुलावको फूल भए हुन्थ्यो नि, पलाष्टिकको फूल । यतातिर हामी लाग्यौं । पद र प्रतिष्ठातिर लाग्यौं, जरातिर लागेनौं । हामीले लागेको रोग के हो र यसको सही उपचार के हुन सक्छ ? भन्ने कुरातिर ध्यान दिन सकेनौं । जो चाहीँ आफ्नै माटोमाथि उभिन्छ विचार । उभिन्छ सिद्धान्त र व्यवहार । त्यो चाँही अटल हुन्छ क्या । यत्रो ठूलो व्यवस्था त हामीले लडेर ल्यायौं । निरंकुशता ढाल्नको निम्ति त पुष्पलालले भनेझैं नमिली त ढलेन नि । तर व्यवस्थापनको सिद्धान्त नेपाली सापेक्षतामा के हुनसक्छ ? कहिले पनि यो भएन । हुन सकेको छैन । त्यसकारण म एकचोटी यो विमोचन कार्यक्रममा गम्भिर एउटा आग्रह गर्न चाहन्छु–अग्रज नेताहरु, तपाईहरुले मिलेरै राजा फालेको हो । निरंकुशताको अन्त्य गरेको हो । तपाईहरु मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस् । गरिवीको अन्त्य गरिदिनुस् । तपाईहरुलाई कति हामीले बोक्नुपर्ने, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं । तर अब पनि ढिलो भयो भने चाहीँ समयले हामी कसैलाई पर्खने छैन । र माफी इतिहासले दिनेछैन ।’
मन्त्री किराँतीले नेपाली समाज मित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच