काठमाडौं । नेपालको व्यावसायिक कारोबारलाई लक्षित गर्दै इ-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगलाई सबलीकरणमा सघाउने प्रतिबद्धतासहित कम्पनीले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ । डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आइटी प्रोडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रूपमा रहेको छ ।
डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैं व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न ग्राहकलाई सेवा दिने लक्ष्य लिएको छ । कम्पनीले व्यवसाय गरिरहेकालाई व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने, व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गरिने जनाएको छ । विद्यार्थीलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने लक्ष्यअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ । जसअन्तर्गत कम्पनीले विद्यार्थीलाई आवश्यक प्राविधिक र व्यावसायिक तालिम प्रदान गर्नेछ ।
साथै कम्पनीले ग्राहकका लागि आधिकारिक प्रोडक्ट्सको प्रतिबद्धतासमेत जनाएको छ । ग्राहकले कम्पनीमार्फत् सही र आधिकारिक आइटी प्रोडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन् । कम्पनीले व्यापकरूपमा ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन सपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ । कम्पनीले नामअनुसारको काम अर्थात् भिन्न व्यवसायलाई प्रविधिसँग जोडेर डिजिटलाइजेसन गर्ने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तपाईंको सपना पूरा गर्न आएका छौँ । आइटी प्रोडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इ-कमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो ।
हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरूलाई ढोकामै आधिकारिक प्रोडक्ट डेलिभरी सेवा उपलब्ध गराउनेछौँ । हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आइटी सपिङ सहज र पहुँचयोग्य बनाउनेमात्र नभई उहाँहरूको सपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुर्याउने पनि हो ।’ डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकले कस्टुमर सपोर्टका लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरीका साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरबाट एक्सचेन्ज र वारेन्टी लिन सक्ने कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच