युरिक एसिड हुने कारण र बच्ने उपाय

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । पछिल्लो समय दाहिने खुट्टाको बुढीऔंलाको जोर्नीमा समस्या भएका धेरै व्यक्ति भेटिन्छ । यदि कसैलाई राती सुतेर बिहान उठ्ने बेलामा विशेषगरी खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुन सक्छ ।

तपाईंले जे खानु वा पिउनुहुन्छ तपाईंको शरीरमा प्रणालीगत प्रभाव हुन्छ । केही चिजहरू कसैका लागि फाइदाजनक र कसैका लागि हानिकारक हुन सक्छन् । तपाईंले खाने र पिउने कुराले तपार्इंको रगतमा चिनी, रक्तचाप, कोलेस्ट्रोल र युरिक एसिडको स्तरलाई असर गर्छ । युरिक एसिडको स्तर बढ्यो भने एक गम्भीर समस्या हो र यदि यो ६.८ एमजी/डिएलभन्दा माथि जान्छ भने तपाईंलाई जोर्नी दुख्ने रोग लाग्न सक्छ । यसबाट बच्नका लागि तपाईंले आफ्नो युरिक एसिडको स्तरलाई कुनै पनि हालतमा कम गर्नुपर्छ ।

यो कुरा बुझ्न जरुरी छ कि हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ जो हाम्रो शरीरका लागि आवश्यक छ । जब युरिक एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुहोस् र यसको दुष्प्रभावबाट बच्नुहोस् ।

रगतमा युरिक एसिडको मात्रा बढ्नुका साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई युरिक एसिड भएको भनिन्छ । विभिन्न अध्ययन अनुसन्धानले देखाएअनुसार करिब १० देखि ८० प्रतिशतमा यो रोग वंशाणुगत हुने गरेको पाइएको छ । त्यसैगरी अस्वस्थकर खाना खाने, अत्यधिक मोटोपन भएका व्यक्तिहरू, जाँडरक्सीको सेवन गर्ने व्यक्तिहरू, शारीरिक अभ्यास नगर्नेहरू, धेरै व्रत बस्नेहरू, चिनी रोगका बिरामीहरू, रगत पातलो बनाउने औषधि, उच्च रक्तचापको औषधि र मिर्गाैलाको औषधि सेवन गरिरहेकाहरूमा यो रोगको जोखिम उच्च रहेको पाइएको छ । विशेषगरी वयस्क महिलाहरूको दाँजोमा पुरुषमा यो रोग १० गुणा बढी हुने गरेको पाइएको छ र महिनावारी बन्द भइसकेका महिलामा पनि यो रोगको सम्भावना बढी हुन्छ ।

न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनको मेटाबोलिजम भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ, जो सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ । युरिक एसिडको उपचार गर्दा औषधिसँगसँगै सबैभन्दा महत्वपूर्ण पक्ष भनेको के खान हुने र के खान नहुने भन्ने हो ।

युरिक एसिड घटाउने उपाय
केरा खानुहोस्
केरा एकदमै कम प्युरिनयुक्त खानेकुरा भएको विज्ञहरूले बताएका छन् । यो फल भिटामिन ‘सी’ को पनि राम्रो स्रोत हो । केरामा पोटासियमको मात्रा बढी हुन्छ । यसले प्रत्यक्षरूपमा युरिक एसिडलाई कम गर्दैन तर निश्चित रूपमा मिर्गाैलाको राम्रो कार्यलाई बढावा दिन्छ ।

युरिक एसिड कम गर्ने खानेकुराः
कम फ्याट दूध र दही
कम फ्याट दूध र कम फ्याट दहीले तपाईंको युरिक एसिडको स्तर घटाउन मद्दत गर्दछ र तपाईंको शरीरबाट युरिक एसिड बाहिर निकाल्न मद्दत गर्दछ । यो प्रोटिनको राम्रो स्रोत हो र रातो मासु जस्तै अन्य प्रोटिन स्रोतहरूभन्दा कममात्रामा प्युरिन समावेश गर्दछ । दहीमा एन्टी इन्फ्लेमेटरी गुण पनि हुन्छ ।

कफी
कफीले शरीरमा प्युरिनलाई तोड्ने इन्जाइमलाई असर गर्छ, जसले युरिक एसिड उत्पादनको दर घटाउँछ । साथै, यसले तपाईंको शरीरमा युरिक एसिड हटाउने दर बढाउँछ । कफीमा यौगिकहरू हुन्छन् जसले युरिक एसिडको उत्सर्जन बढाउन सक्छ र यसको उत्पादन घटाउन सक्छ ।

सिट्रस फलहरू
अमला, कागती, सुन्तला, मेवा जस्ता सिट्रस फलफूलमा भिटामिन ‘सी’ प्रचुरमात्रामा पाइन्छ । त्यसैले यिनीहरूले प्राकृतिकरूपमा युरिक एसिडको स्तर कम गर्न मद्दत गर्छन् । अमलामा भिटामिन ‘सी’ प्रचुरमात्रामा पाइन्छ । भिटामिन ‘सी’ले मिर्गौलामार्फत् यसको उत्सर्जन बढाएर युरिक एसिडको स्तर घटाउन मद्दत गर्छ ।

फाइबरयुक्त फलहरू
चेरी, स्याउ, नासपाती, स्ट्रबेरी, ब्लुबेरी, काँक्रो, ज्वानो र गाजरजस्ता फाइबरयुक्त खानेकुराहरूको सेवन बढाउनुहोस् । फाइबर सेवनले सिरम युरिक एसिड एकाग्रता कम गर्छ । चेरीमा एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । यो फलले गाउटको आक्रमणबाट पनि बच्न सक्छ ।

के नखाने :

  • रातो मासु, आन्द्राभुँडी, मुटु–कलेजो जसमा युरिक एसिड अत्यधिकमात्रामा हुन्छ ।
  • गेडागुडी, च्याउ, काउली, ब्रोकाउली, कुरिलो, पालुंगोको तरकारी ।
  • मिठाई, सफ्ट ड्रिंक्स, आँप तथा अंगुरको जुस र अरू कृत्रिम जुसहरू
  • रक्सीजन्य पदार्थहरू

यो कुरा बुझ्न जरुरी छ कि हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ जो हाम्रो शरीरका लागि आवश्यक छ । जब युरिक एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुहोस् र यसको दुष्प्रभावबाट बच्नुहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?