बालविवाह रोकथाममा वडा कार्यालय सक्रिय बन्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-८ को वडा कार्यालय बालविवाह रोकथाममा सक्रिय भएको छ । सो वडाले जुम्लाकोट गाउँमा हुन लागेको बालविवाह रोकि दिएको वडा सचिव खड्का रावतले जानकारी दिनुभयो ।

जनप्रतिनिधि, कर्मचारी र प्रहरी चौकीको समन्वयमा हुनै लागेको बालविवाह रोकिएको छ । यहीँ फागुन ९ गते १९ वर्षिया बालक र १७ वर्षिया बालिका बीच बालविवाह हुन लागेको थियो ।

विवाह गर्ने भनेर बालकको घरमा बालिका लगिसकेको अवस्थामा बालविवाह रोकिएको वडा सचिव रावतले भन्नुभयो,“ वडा कार्यालयले वालविवाह अन्त्य गर्नेका लागि अभियान र कार्यक्रम चलाईरहेका छौ । बालविवाह गर्दा भविष्यमा देखापर्ने समस्याका बिषयमा जानकारी दिएपछि बालक र बालिका पक्ष आ-आफ्नो घरमा राखेर बसाल्न राजी भएपछि बालविवाह रोकिएको वडा सचिव रावतको भनाइ छ । ”

अभिभावकहरुले उमेर पुग्दासम्म पढाइलेखाइ गर्ने र उमेर पुगेपछि विवाह गर्ने सहमति गरेकाछन् । वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी छ । पहिलो पटक हुने लागेको बालविवाह रोकिएको छ । वडा कार्यालयले अहिले बालविवाह सम्बन्धीका सचेतनाका कार्यक्रमलाई गाउँ केन्द्रित गरेका छन् ।

गाउँपालिकाले समेत वडामाहुने बालविवाह रोक्नका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गर्नु भनेर परिपत्र गरेका छौ । पालिकाका सबै वडालाई बालविवाह मूक्तवडा गरिने रणनीतिमा पालिका जुटेकोे तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?