मुगु । परम्परागत अन्नबाली र मौलिक कलाको रूपमा रहेको स्थानिय लोक सांस्कृति लोप हुँदै गैरहेको अवस्थामा यसको जगेर्ना गर्न र स्थानिय पुराना अन्नबाली उत्पादनमा जोड दिन गत मंगलवारदेखि गमगढीमा महिला देउडा कपको आयोजना गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा मनोलिसा मिडिया प्रालिको आयोजनामा महिला देउडा महोत्सव कपको आयोजना गरिएको हो ।
पछिल्लो समयमा आधुनिकतामा रमाउदै आएका युवा पुस्ताका मानिसहरूलाई परम्परागत रितिरिवाज , चालचलन,,गित संगितका साथै रैथाने बालीको संरक्षण, स्थानिय पुरानो पहिरन, र स्थानिय परम्परागत रैथाने अन्न बालिका खानाका परिकारहरूका साथै यसको संरक्षण र महत्व बारे पुस्तान्तरण गर्नको लागि जनचेतना र सन्देश मुलक महिला देउडा महोत्सवको आयोजना गरिएको मनोलिसा मिडिया प्रालिका ब्यबस्थापक वसन्त बाक्चनले जानकारी दिनु भयो ।
समाजमा केही कुराको जानकारी र सन्देश दिन अन्य कार्यक्रम भन्दा गित, संगित र देउडा खेलको अत्यन्तै प्रभावकारी भुमिका हुन्छ । त्यसैले युवा जनमानसमा, स्थानिय देउडाको संरक्षणका लागी चेतनाको सन्देश फैलाउनका लागि छायाँनाथरारा नगरपालिकासँग समन्वय गरेको पनि ब्यबस्थापक बाक्चनले बताउनु भयो ।
स्थानिय, मौलिक परम्परा,भेषभुसा ,चालचलन, धर्म र सांस्कृति जगेर्ना गर्नु नगरपालिकाको नीति तथा कार्यक्रमले समेटेकाले यसलाई जोड दिनु आफ्नो कर्तब्य रहेको छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताउनु भयो ।
छाँयानाथराराव नगरपालिका भित्रका महिलाहरूले बिभिन्न समूह बनाई आफ्नो समूह गत प्रतिस्प्रधाका लागि स्थानिय परम्परागत भेषभुसाका पहिरन सहित देउडा प्रस्तुत गरिएको थियो । स्थानिय उत्पादनका विभिन्न परिकार, र लुकेका पहिरन र भेषभुसा सहितको र सन्देश मुलक देउडा गित हेर्नका लागि दुर दराजका बस्तीहरूबाट युवा,युवतीदेखि बुढापाकाहरूको बाक्लो सहभागिता रहेको थियो ।
नगरपालिका क्षेत्र भित्रका विभिन्न १४ वटा समुहले देउडा महोत्सवमा भाग लिएका थिए । एक हप्ता सम्म सन्चालन भएको देउडा महोत्सव आज सोमवार सकिने र आउने मंगलवारका दिन सहभागी समूह मध्येबाट प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगी महिला देउडा समुहका खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण- पत्र बितरण गर्ने कार्यक्रम रहेको आयोजक कमिटीले जनाएको छ ।
पुराना पुस्ताका मोलिक परम्परा, पहिरन, अन्न बालीका साथै झोडा, देउडा, बालो, चम्पा, बाक्टे, चाँचडी, सँगै देउडा खेलहरूसमेत लोप हुने अवस्थामा रहेकाले यसलाई संरक्षण गर्नको लागि स्थानिय निकायले अझै प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने बताईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच