काठमाडौं । आठौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अर्को महिनाको सुरुवातमा आयोजना हुने भएको छ । संघको वार्षिक कार्यक्रमअनुरूप च्याम्पियनसिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने सोमबार नेपाल भलिबल संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ टोली र महिला टोलीकोसहभागिता रहनेछ । प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । सोही अवसरमा वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
वाणिज्य बैंकले संघलाई मुख्य प्रायोजनबापत १८ लाख रुपैयाँ प्रदान गर्नेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले पाँच लाख, दोस्रोले दुई लाख ५० हजार र तेस्रो टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिबेरो र प्रशिक्षकले जनही समान १५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा झण्डै ५५ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ । भलिबल संघका अध्यक्ष चन्दले च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष छ र पुरुषतर्फ आठ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुने जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच